काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विवाहपछि कटरिनालाई के भयो ?

8.84K
shares

अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलले विवाह गरेको एक वर्ष भइसकेको छ । तर, अहिले पनि उनीहरु हनिमुन पिरियडबाट बाहिर निस्कन सकेका छैनन् ।

कटरिनाले गत वर्ष एकमात्र फिल्म ‘फोनभूत’ दर्शकलाई दिइन् । तर यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा असफल भयो । अब यो फिल्म ओटीटीमा रिलिज हुँदै छ । यस्तो अवस्थामा कटरीना बक्सअफिसमा असफल भएपछि अब ओटीटीको सहारामा करियरलाई अगाडि बढाउन चाहन्छिन् भन्नुमा गलत हुँदैन ।

कटरिनाको ‘फोनभूत’ गत नोभेम्बरमा रिलिज भएको थियो । फिल्मले दर्शकलाई हलमा खासै तान्न सकेन । अब यो फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ । अमेजनले सामाजिक सञ्जालमार्फत फिल्म जनवरी २ मा प्रसारणमा आउने जानकारी दिइसकेको छ । गुरमित सिंहको निर्देशन रहेको फिल्ममा कटरीनासँगै इशान खट्टर र सिद्धान्त चतुर्वेदीको अभिनय थियो ।