काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बुढासुब्बा गोल्डकपविरुद्ध मनाङको उजुरी

6.44K
shares

मनाङ मर्स्याङ्दी क्लबले बुढासुब्बा गोल्डकपविरुद्ध शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)मा उजुरी दिएको छ ।

मनाङले पुरस्कार रकम नपाएपछि बुढासुब्बा गोल्डकप आयोजक धरान फुटबल क्लबविरुद्ध एन्फामा उजुरी दिएको हो । मनाङले २२ औं संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो । तर, मनाङले तीन वर्ष बितिसक्दा समेत उपाधि रकम ७ लाख पाएको छैन ।

धरान फुटबल क्लबले पोखरामा आयोजना हुने २२औं आहा रारा पोखरा गोल्डकपमा सहभागिता जनाउने जानकारी गराउदै मनाङले पुरस्कार रकम नदिएसम्म धरानलाई आहा रारा खेल्नबाट बन्चित गराउन एन्फालाई आग्रह समेत गरेको छ ।

पत्र :