गृहपृष्ठ एनआरएनए यूके महासचिवद्वारा आइसीसी अध्यक्ष थापासँग भेट, एनडीए सम्झौतामा हस्ताक्षर
एनआरएनए यूके महासचिवद्वारा आइसीसी अध्यक्ष थापासँग भेट, एनडीए सम्झौतामा हस्ताक्षर
यूके शाखाको समयमै चुनाव गर्ने प्रतिबद्धता
गैर–आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)का अध्यक्ष सुनिल बाबू खड्काको निर्देशनमा महासचिव खुशी लिम्बुले संघको कार्यकारी अध्यक्ष रविना थापालाई आफ्ना गतिविधिबारे जानकारी गराएका छन् । बुधबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष थापासँग भेटघाट गरेर एनआरएनए यूकेको गतिविधिबारे जानकारी गराएका हुन् ।
महासचिव लिम्बुका अनुसार, भेटमा हालै एनआरएनए यूकेका पूर्व अध्यक्ष प्रेम गाहा मगरको अवैधानिक गतिविधिका कारण शाखाको साख गिरेको र त्यसलाई उठाउन समयमै निष्पक्ष चुनाव गर्ने प्रतिवद्धता जनाइएको छ ।
अध्यक्ष थापा लगायत महासचिव लिम्बुले संघका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी, वरिष्ठ कर्मचारीहरु संगीता अवाल, अनील ढुंगाना र सचिवालयका आइटी टीम समेत भेट गरका छन् ।
उक्त अवसरमा लिम्बुले एनआरएनए यूकेको वेभसाइटको डोमेने पूर्व अध्यक्ष गाहामगरले संघलाई बुझबुझारथ नगरेको कारण एनआरएनए यूकेको अफिसियल वेभसाइट सञ्चालन नभएकोसमेत जानकारी गराए ।
जसका लागि सचिवालयका महेश श्रेष्ठ लगायत आइटी टीमले चाँडै नै एउटा डोमेन सृजना गरी एनसीसी यूकेको लागि वेभसाइट प्लेटफर्म तयार गरिदिने भएको लिम्बुले जानकारी दिए ।
एनआरएनए यूकेका महासचिवद्धारा भएको उक्त औपचारिक भ्रमणमा महासचिव लिम्बुले बेलायतका पञ्जिकृत व्यक्तिगत विवरणहरु अनधिकृति चुहावट वा दुरुपयोय नगर्न नगराउनको लागि ‘डेटा प्रोटेक्सन’को लागि ‘नन–डिस्क्लोजर एग्रिमेण्ट’ ९एनडीए० सम्झौता पत्रमासमेत हस्ताक्षर गरेका छन् ।
जसबाट बेलायतमा संघको आगामी १२औं महाधिवेशन र आगामी चुनावमा सदस्यहरुले आफ्नो सदस्यता दर्ता वा नविकरण गर्दा विना कुनै शंका आफ्ना व्यक्तिगत विवरणहरु प्रदान गर्न सक्ने भएका छन् ।
प्रकाशित समय : १५:०२ बजे



















