nmb bank

गृहपृष्ठ संकटमा धुनियाँ पेसा

संकटमा धुनियाँ पेसा

काम नभएपछि नयाँ पुस्ताको घट्यो आकर्षण

संकटमा धुनियाँ पेसा

२०३९ सालदेखि डसना सिरक बनाएर जीविकोपार्जन गर्दै आएका सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ६० वर्षीय मोहम्मद नजिरलाई अहिले यो पेसा अपनाएकोमा दुःख लागिरहेको छ । १० वर्षयता ब्ल्याङ्केट ओढ्नेको संख्या ह्वात्तै बढेपछि उनीहरूको पेसा संंकटमा परेको हो । पहिलेको तुल्नामा अहिले २५ प्रतिशतले मात्र सिरक ओढ्ने र ७५ प्रतिशतले ब्ल्याङ्केट ओढन थालेपछि आफ्नो पेसा संकटमा परेको नजिरको भनाइ छ ।

उनले भने, ‘१० वर्ष अघिसम्म सप्तरीमा मात्र यो पेसामा ७० र ७२ जना धुनियाँ थियो । जाडो महिनामा राजविराजको मुख्य बजारको सडकको छेउ ओगटेर लहरै बनाउँथ्यौ । सबैतिर भरिभराउ हुन्थ्यो । अहिले जम्मा १०/१२ जना छौँ । तर, पनि हामीसँग काम हुँदैन ।

यो मेहनती पेसा हो । तर, पनि काम नभएपछि नयाँ पुस्ताको यो पेसाप्रति आकर्षण घटेको छ । यस पेसामा कोही आउन चाहदैनन् । जसकारण आफूहरुको मृत्युपछि धुनियाँ पेसा गर्ने मानिस पाउनै गाह्रो नजिर बताउँछन् ।

सोही ठाउँका उनीसँगै काम गर्दै आएका उनका सहकर्मी ५७ वर्षीया मोहम्मद हजिरले पुरानो केहीबाहेक सबैले नै ब्ल्याङ्केट ओढ्दै आएपछि अहिले जाडो महिनामा पनि कहिलेकाहीँ काम नपाएर त्यसै बस्नुपर्ने अवस्था रहेको बताए ।

गर्मी महिनामा त झन् गाह्रो । डसनाको काम अलि अलि हुन्छ सिरकको पाउनै गाह्रो हुनेगरेको छ । रेडिमेट सिरक, डसना दिनमा पाँचवटा तयार गर्न सक्ने धुनियाँहरूले ग्राहकले आफैँ अडर दिएर बनाउन लगाएपछि धेरैमा दुईवटासम्म बनाउन सक्ने उनीहरू बताउँछन् ।

जति थोरै कपासको सिरक बनाइन्छ, त्यति थोरै ज्याला र जति बढी कपासको सिरक बनायो, त्यति बढी ज्याला लिने गरेको उनीहरूको भनाइ छ । उनीहरूले बढीमा ३ हजारसम्म लिने गरेको बताएका छन् ।

प्रकाशित समय : १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु