global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्से स्थिर, काराेबार रकम बढ्यो

नेप्से स्थिर, काराेबार रकम बढ्यो

नेप्से स्थिर, काराेबार रकम बढ्यो

साताको अन्तिम कारोबार दिन आज नेप्से स्थिर रहेको छ । बुधबार १८६७.२२ बिन्दुमा बन्द भएको बजार आज ०.०१ प्रतिशतले घटेर १८६७.२१ बिन्दुमा बन्द भएको हो ।

नेप्से परिसूचक स्थिर रहे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबार ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँ पुगेको छ । आज २४७ वटा धितोपत्रको ३१ लाख ११ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । यस दिन अन्य समूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.२८ प्रतिशतले घटेको हो ।

बिहीबार श्रृजनशिल लघुवित्त र धौलागिरी लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशत र धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमश: एक हजार २०५ रुपैयाँ ८० पैसा र ७१४ रुपैयाँ ४० पैसा कायम भएको छ ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा आँधिखोला लघुवित्त रहेको छ । उक्त कम्पनीको सेयर मूल्य ७.७० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य १ हजार ५३० रुपैयाँमा झरेको छ । दोस्रोमा बलेफी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको मूल्य ५.४९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २३२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु