global ime bank Long Banner Ad

गृहपृष्ठ जर्मन प्रविधिबाट नेपालमै इँटा उत्पादन 

जर्मन प्रविधिबाट नेपालमै इँटा उत्पादन 

जर्मन प्रविधिबाट नेपालमै  इँटा उत्पादन 
जर्मन प्रविधिबाट अब नेपालमै इँटा उत्पादन सुरु हुने भएको छ । दुई महिनापछि त्यस्ताे प्रविधिमार्फत इँटा उत्पादन सुरु हुने जनाइएको छ । यसको लागि पोखराको पोल्याङमा एक सय रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो ।
पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको  हो । लगानीकर्तामध्येका एक ईन्जिनियर कृष्णभक्त दुवालले त्यसका लागि आफूहरूले अन्तिम तयारी गरिरहेको जनाए । माघ महिनाबाट हाम्रा इटाहरु बजारमा आउन थाल्ने छन्, उनले भने ।

प्रकाशित समय : १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु