गृहपृष्ठ परिणाम अपेक्षाकृत होइन, दलकै नेतामा कोशिस गर्छु सरकारमा जान्नँ : गगन थापा

परिणाम अपेक्षाकृत होइन, दलकै नेतामा कोशिस गर्छु सरकारमा जान्नँ : गगन थापा

परिणाम अपेक्षाकृत होइन, दलकै नेतामा कोशिस गर्छु सरकारमा जान्नँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताको चुनावमा पाएको मत अपेक्षाकृत नभएको बताएका छन् ।

दलको नेतामा प्रतिस्पर्धा गरेका थापा, सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले पराजित भएका थिए । ६४ मतका साथका दलको नेतामा देउवा निर्वाचित हुँदा थापाले २५ मत पाए ।

मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, ‘यो परिणाम अपेक्षाकृत होइन । तर म थाक्दिनँ, निराश हुन्न । थप मिहिनेत गर्छु ।’

थापाले मन्त्री बनेर सरकारमा पनि नजाने घोषणा गरेका छन् ।

थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए । तर आफू सरकारमा नजाने बताए ।

उनले भने, ‘सरकारमा अरु साथीहरू जानुहुन्छ । म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु । योभन्दा बाहेक सरकारमा जाने अहिले गर्नु हुन्न, म गर्दिनँ ।’

प्रकाशित समय : ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु