काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँट

9.85K
shares

बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट गरिएको छ । आइतबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडको कार्यालयमा उक्त आइपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीको सेयरमा १२ लाख ५८ हजार ४२१ योग्य आवेदकबाट एक अर्ब ४३ करोड ५१ लाख ८३ हजार रुपैयाँ बराबरको एक करोड ४३ लाख ५१ हजार ८३० कित्ता आइपीओका लागि आवेदन परेको थियो ।

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार न्यूनतम १० कित्ताका दरले सेयर वितरण गरिएको छ । सोअनुसार सेयर वितरण गर्दा योग्य आवेदकमध्ये ११ लाख ९१ हजार २८४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।