गृहपृष्ठ थप ४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १५ जना
थप ४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १५ जना
पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साे अवधिमा देशभर २१९ पीसीआर तथा ५११ एन्टिजेन परीक्षण भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ ।
बिहीबार ४ जना कोरोना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार हाल देशभर १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित समय : १७:५० बजे


















