global ime bank Long Banner Ad

गृहपृष्ठ आजदेखि निर्वाचन आचारसंहिता खारेज

आजदेखि निर्वाचन आचारसंहिता खारेज

आजदेखि निर्वाचन आचारसंहिता खारेज

गत असोज १२ गतेदेखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता मंसिर २६ गते अर्थात आजदेखि निष्क्रिय हुने भएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम आयोगले आजदेखि आचारसंहिता लागू नरहने निर्णय गरेसँगै निष्क्रिय भएको हो ।

उक्त निर्णयबारे निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायलाई जानकारी पनि गराएको छ ।

सरकारको गत साउन १९ गतेको निर्णय प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम मंसिर ४ गते आइतबार निर्वाचन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित समय : ०७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु