कुमारी बैंकमार्फत रेमिट आइपीओमा आवेदन दिन सकिने
वि.सं.२०७९ मंसिर २१ बुधवार १९:०१
shares

कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आइपीओ बचत खाता सञ्चालनमा ल्याएकोे छ ।
यस खातामार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १०% प्राथमिक सेयर निश्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको छ । श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आइपीओ बचत खाता खोली प्राथमिक सेयरमा आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ ।
वैदेशिक रोजगारमा रहेका नेपालीले प्रथमिक सेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न कुमारी बैंकले ल्याएको यस सुविधाले मद्दत गर्ने विश्वास गरिएको छ ।
आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटीएम, ६० शाखारहित बैंकिङ इकाई तथा ३६ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।

























