गृहपृष्ठ पाल्पाबाट लागूऔषधसहित एक जना पक्राउ

पाल्पाबाट लागूऔषधसहित एक जना पक्राउ

पाल्पाबाट लागूऔषधसहित एक जना पक्राउ

प्रहरीले पाल्पाबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का ३९ वर्षीय अनिल साइ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले लागूऔषधसहित अनिललाई पाल्पाकै बगनासकाली–३, पोखराथोक नजिकैबाट पक्राउ गरेको हो ।

बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग १३ प ४०३६ नम्बरको मोटरसाइकलमा सवार अनिल सिद्धार्थ राजमार्गको पोखराथोकमा जाँच गर्ने क्रममा पक्राउ परेको सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

अनिलको साथबाट प्रहरीले टर्सिरेक्स सय एमएलको पाँच बोत्तल, निट्राभेट–१० लेखेको नौ ट्याब्लेट, स्याम्पेक्स १६ ट्याब्लेट फेला पारेको छ ।

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु