काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बैतडीमा एक युवतीको विभत्स हत्या, एक बालिका घाइते

7.5K
shares

बैतडीमा एक युवतीको धारिलो हतियारले घाँटी रेटेर विभत्स तरीकाले हत्या गरेको अवस्थामा शव फेला परेको छ । साथै अर्की एक बालिका घाइते अवस्थामा फेला परेकी छिन् ।

पञ्चेश्वर गाउँपालिका-४ का धनी लुहारकी २१ वर्षीया छोरी माया लुहारको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो । उनको शव शिवनाथ गाउँपालिका-६ को शिवनाथ मन्दिर नजिकै जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, पञ्चेश्वर-४ कै भरत लुहारकी १५ वर्षीया छोरी नेहा लुहारको घाँटीमा धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सीमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकी हुन् ।

घाइते नेहालाई उपचारको लागि धनगढी रेफर गरिएको छ । उनको पनि घाँटीको रुद्रघण्टीमाथिको भाग धारिलो हतियार प्रयोग गरि काटिएको हुनाले बोल्न सक्ने स्थितिमा नरहेको बताइएको छ । उनलाई उपचारको लागि धनगढी लगिएको छ ।

माया र नेहा मंगलबार लुगा सिउन भनी घरबाट गएका र राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गर्दा माया मृत अवस्थामा भेटिएकी र नेहा घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।