गृहपृष्ठ दुर्गम क्षेत्रका मतपेटिका अझै बाटोमै

दुर्गम क्षेत्रका मतपेटिका अझै बाटोमै

दुर्गम क्षेत्रका मतपेटिका अझै बाटोमै

दुर्गम तथा हिमाली गाउँका मतपेटिका सदरमुकाम आइनसकेकाले मतगणना सुरु हुनसकेको छैन । जिल्लाभर रहेका एक सय २५ मतदान केन्द्रमध्ये चार वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याईपुर्‍याउन बाँकी छ ।

उत्तरी हिमाली क्षेत्रमा पर्ने फक्क्ताङलुङ गाउँपालिकास्थित याङमा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतदान केन्द्रको मतपेटिका आइपुग्न बाँकी रहेको र आइसकेपछि मात्र गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिइन् । यसअघि यी चारवटै केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी भएको थियो । तर अन्तिम समयमा हेलिकप्टर नआउने भएपछि मतपेटिका बोकेर ल्याउनुपर्ने हुँदा समय लाग्ने देखिएको योङ्याको भनाइ छ । अन्य सबै केन्द्रका मतपेटिका सदरमुकाम फुङलिङमा ल्याइसकिएको छ ।

दुर्गम मानिने याङमास्थित मतदान केन्द्र सदरमुकामदेखि सबैभन्दा टाढाको केन्द्र हो । झण्डै चार हजार दुई सय मिटरको उचाइमापर्ने याङमा पुग्न कम्तीमा तीन देखि चार दिनसम्म लाग्ने गरेको छ ।

यसअघि सो केन्द्रमा मतदान गराउन गएको कर्मचारी सहितको टोली चार दिनमा मात्र पुगेको थियो । यहाँ जम्मा ६१ मतदाता रहेकोमा आइतबार भएको निर्वाचनमा १२ मत खसेको छ । ताप्लेजुङमा ५४.६८ प्रतिशत मतदान भएको प्रारम्भिक नतिजा छ । यहाँ कूल ८८ हजार दुई सय ८५ मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच रहेका छन् । यहाँ दुई वटा अस्थायीसहित एक सय २५ वटा मतदान केन्द्र थिए । संघ र प्रदेशमा गरी जिल्लामा २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु