global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ उत्तर कोरियाले फेरि गर्‍यो ब्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले फेरि गर्‍यो ब्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले फेरि गर्‍यो ब्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले शनिबार समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि पहिलोपटक दक्षिण कोरियाको क्षेत्रीय जलक्षेत्रमा खसेको एउटा मिसाइल समावेश छ ।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरिरहेका बेला यो प्रक्षेपण भएको हो । अमेरिका र दक्षिण कोरियाको संयुक्त सेना अभ्यासबाट क्रुद्ध उत्तर कोरियाले त्यसलाई ‘आक्रामक र उत्तेजक’ भनेर वर्णन गरेको छ ।

उत्तर कोरियाका यी प्रक्षेपणहरू आणविक परीक्षणमा परिणत हुन सक्ने चिन्ता व्यक्त गर्दै अमेरिका र दक्षिण कोरियाले आफ्नो सैन्य अभ्यास शनिबार पनि गरेको थियो ।

प्रकाशित समय : ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु