गृहपृष्ठ ‘झुटपत्र’का दुई सत्य

‘झुटपत्र’का दुई सत्य

‘झुटपत्र’का दुई सत्य

पाँचतारे होटल याक एण्ड यतीबाट मंगलबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सपना बाँडे । जसलाई दलहरु, घोषणापत्र भन्छन् भने जनता झुटपत्र । किनकि, न दलहरु त्यसअनुरुप हिँड्छन् न जनतालाई झुक्याउन छोड्छन् ।

नेकपा एमालेले करिब ९७ पेजमा तयार पारेको घोषणापत्रमा ‘समृद्ध नेपाल, सुःखी नेपाली’ संकल्प मात्रै छैनन् ‘जनताको बहुदलीय जनवाद’लाई मार्ग बनाएर समाजवादमा पुग्ने बताइएको छ ।

घोषणापत्रको खण्ड (क)मार्फत अध्यक्ष ओलीले अपिल गरेका छन्, ‘राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको छ । राष्ट्रले कुन ध्रुव रोज्ने यस निर्वाचनले स्पष्ट फैसला गर्नुपर्नेछ ।’ दुई ध्रुवलाई अध्यक्ष ओलीले ६ बुँदामा जनतालाई प्रश्न मात्रै गरेका छैनन् आफुलाई संविधानको सफल कार्यान्वयन र संविधान तथा राष्ट्रहितको पक्षमा भएको बताए भने सत्ता गठबन्धन (कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेतालाई)लाई विपक्षमा रहेको घोषणापत्रमार्फत् खुलाए । साथै, आफुले जनउत्तरदायी सरकार चलाएको र गठबन्धनले स्वार्थका लागि सरकार चलाइरहेको र राज्यसंयन्त्रको दुरूपयोग गरेको अध्यक्ष ओलीले ठहर गरे । तर, दुई सत्य घोषणापत्रमा खुलाएनन् । दबाएरै राखे ।

१. संविधानमाथि प्रहार
२.  दक्षिणपन्थीसँग साठगाँठ

पहिलो, ०७४ को निर्वाचनपछि दुईतिहाइको सरकार बन्यो । जसको जसको नेतृत्व उनै केपी शर्मा ओलीले गरे । तर, सत्ता पक्षकै सांसदले काम गर्न दिएनन् भनेर ०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर पहिलोपटक ओलीले लोकतन्त्र र संविधानमाथि हतियार चलाए ।

लगत्तै उनले संविधानविरुद्ध अर्को कदम चाले । ०७८ जेठ ८ मा फेरि प्रतिनिधिसभा विघटन गरे । यो संविधानमाथि ओलीको दोस्रोपटकको प्रहार थियो । जबकि, बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमा छैन । कानुनमा छैन ।

तर, राष्ट्रपति दाहिने भएपछि ओलीले जतिबेला सिफारिस गरेपनि प्रतिनिधिसभा विघटन हुने परिस्थती निर्माण गरे । र, विघटन भयो पनि । जुन, कुरा सर्वोच्च अदालतले प्रमाणित गरिदियो । संविधानलाई च्यातचुत पार्ने र लोकतन्त्रमाथि प्रहार गर्ने ओली नै साबित भए । बालुवाटारबाट बार्दली पुगे । तर यो सत्यलाई ओलीले घोषणापत्रमा राखेनन् । बरु यसो राखे, ‘ओली नेतृत्वको सरकारले संविधानको सफल कार्यान्वयन गर्‍यो ।’

दोस्रो, घोषणापत्रको खण्ड (क)मा नै अध्यक्ष ओलीले तत्कालीन नेकपाको प्रसङ्ग जोड्दै कम्युनिस्ट आन्दोलनका सहयात्रीभन्दा आफ्नालागि दक्षिणपन्थी शक्ति बढी प्रिय भएको बताएका छन् । तर, ओलीले आफुले राजाका मतियारसँग गला मिलाएको छु भनेर घोषणापत्रमा कतै उल्लेख गरेनन् ।

त्यसका ताजा उदाहरण हुन् घनश्याम भुषाल । योसँगै अध्यक्ष ओलीले चुनावमा पनि यस्ता उदाहरण धेरै देखाएका छन् । हो, घोषणापत्रमार्फत् ओलीले राष्ट्रिय राजनीति दुई ध्रुवमा गएको बताउनु सत्य हो । तर, आफु कथित् दक्षिणपन्थी शक्तिसँग साठगाँठ गरिरहेको छु भन्ने घोषणापत्रमा खुलाएनन् ।

प्रकाशित समय : १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु