global ime bank Long Banner Ad

गृहपृष्ठ ‘सामसङ ग्यालेक्सी ए०४’ सार्वजनिक हुँदै

‘सामसङ ग्यालेक्सी ए०४’ सार्वजनिक हुँदै

‘सामसङ ग्यालेक्सी ए०४’ सार्वजनिक हुँदै

सामसङले ‘सामसङ ग्यालेक्सी ए०४’ समार्टफाेन सार्वजनिक गर्ने तयारी गरेको छ ।

सामसङले फ्यागशिप फोनदेखि इन्ट्री लेभलका उत्पादनहरू सम्मका सबै फोनहरूमा सधैं ग्राहकहरूको लागि केही नयाँ आकर्षक फिचर्स ल्याइरहेको छ । यो वर्ष सामङले आफ्नो मिड रेन्ज र फ्यागशिप फोनहरू सार्वजनिक गरेसँगै अब चाडै नै नेपाली बजारमा नयाँ ग्यालेक्सी ए०४ ल्याउने तयारी गरिरहेको छ ।

यो स्मार्ट फोन सार्वजनिक हुने खबरले नेपाली बजारमा चर्चा पाइरहेको र चाँडै नै नेपाली बजारमा प्रवेश हुने अनुमान भइरहेको छ । यसको मुख्य आकर्षणमा ५० एमपी क्यामरा रहेको छ । युवा प्रयोगकर्ताहरूलाई यसले आफ्ना बहुमूल्य र उत्कृष्ट पलहरू हाइ क्वालिटीमा क्याप्चर गर्ने बताइएको छ ।

यसको अर्को विषेशता भनेको यसको मूल्य रहेको छ । सामसङले हरेक मूल्य दायरामा केही उत्कृष्ट उत्पादनहरू ल्याउँदै आएको छ । यस नयाँ ग्यालेक्सी ए०४ स्मार्टफोन पनि सामसङ लाइनअपको एक उत्कृष्ट फोनको रूपमा चिनिने अपेक्षा कम्पनीले राखेको छ ।

प्रकाशित समय : १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु