global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

माओवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

माओवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ ।

माओवादीको घोषणापत्र मस्यौदा समितिका सदस्यसमेत रहेका स्थायी कमिटी सदस्य गणेश साहका अनुसार आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक हुनेछ ।

माओवादी केन्द्रले घोषणापत्र निर्माणका लागि भदौदेखि नै तयारी गरेको थियो । माओवादी केन्द्रको स्थायी समितिको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको थियो ।

माओवादीले स्थानीय निर्वाचनमा भने केन्द्रीयस्तरबाट घोषणापत्र बनाएको थिएन ।

प्रकाशित समय : ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु