global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी र प्रदेश-१ मा वर्षाको सम्भावना

गण्डकी र प्रदेश-१ मा वर्षाको सम्भावना

गण्डकी र प्रदेश-१ मा वर्षाको सम्भावना

देशका पहाडी भू-भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने विभागले उल्लेख गरेकाे छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित समय : ०६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु