काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

फिल्म ‘के घर के डेरा’ : कस्तो छ कमाई ?

6.34K
shares

४ कात्तिकबाट प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’ले दोस्रो साता पनि राम्रो व्यवसाय गर्न सफल भएको छ । पहिलो साता ३ करोड ६३ लाख बढी व्यवसाय गरेको फिल्मले शुक्रबार र शनिबार पनि हाउस फुलको व्यवसाय गर्न सफल भएको छ । फिल्मलाई  निर्देशन गरेका हुन् ।

तिहारको अवसर पारेर प्रदर्शनमा आएकाे फिल्मले पहिलो सातामै लगानी उठाएको निर्देशक दीपेन्द्र के खनालले बताएका छन् । फिल्मले अझै केही साता राम्रो व्यसाय गर्ने उनकाे अनुमान छ । फिल्म रिलिज भएदेखि नै धेरै सार्वजनिक बिदा परेकोले पनि फिल्मले राम्रो व्यवसाय गरेको बताइन्छ ।

काठमाडौंमा घर हुने र नहुनेहरुको समस्याको कथालाई फिल्ममा देखाइएकाे छ । फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी लगायतले अभिनय गरेका छन् ।