गृहपृष्ठ ५४ जना थपिएपछि कर्णालीमा संक्रमितको संख्या ६४१ पुग्यो
५४ जना थपिएपछि कर्णालीमा संक्रमितको संख्या ६४१ पुग्यो
आइतबार कर्णाली प्रदेशमा ५४ जना कोरोना संक्रमित थपिएपछि जम्मा संक्रमितको संख्या ६ सय ४१ पुगेको छ । कर्णाली प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ५१ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३ जनामा कोरोना देखिएको हो ।
सल्यानका २८, सुर्खेतका २०, दैलेख जिल्लाका ३ र कालीकोटका ३ गरी ५४ जनामा आइतबार कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
प्रकाशित समय : ०२:४८ बजे


















