दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने खुम्चियो
वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:००
shares

साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से १४.३५ अंकले बढेको हो । यस दिन ०.७८ प्रतिशतले बढेर १८५८.४९ को विन्दुमा पुगेर बन्द भएको छ ।
आइतबार २२१ कम्पनीका ५१ करोड ६८ लाख तीन हजार ४८३ रुपैयाँ बराबरका १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच भयो । यस दिन सेन्सेटिभ इन्डेक्स ०.७९ प्रतिशतले घटेर ३६५.४९ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आइतबार १३ उपसमूहमध्ये ११ उपसमूहको समूहगत सूचक बढेको छ । दुई समूहको समूहगत सूचक घटेको छ । यस दिन निर्जीवन बिमा समूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशले बढेको छ । होटेल तथा पर्यटन क्षेत्रको ०.७७ प्रतिशत र म्युचुअल फन्ड समूहको ०.२८ प्रतिशतले घटेको छ ।
आइतबार रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य १० प्रतिशत र सयपत्री हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ । आज सिटिजन म्युचुअल फन्ड २ को सेयर मूल्य ९.५५ प्रतिशत र अभियान लद्युवित्त वित्तीय संस्थाको ७.६० प्रतिशतले घटेको छ ।

























