गृहपृष्ठ काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने
काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सार्वजनिक सूचना जारी गरेर राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने जनाएका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार तोकिएको समय सीमाभित्र मात्रै देउसीभैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न पाइने छ । तर, त्यस बाहेकको समयमा देउसीभैलो खेलेमा कारबाही गरिने उनले बताए ।
सार्वजनिक स्थलमा मादकपदार्थ सेवन गरेर हिँड्न पनि निषेध गरिएको छ ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आआफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसीभैलो कार्यक्रम गर्न समयसीमा राख्ने/नराख्नेबारे निर्णय गर्न भनेको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयले समयसीमा तोकेका हुन् ।
प्रकाशित समय : ०८:५४ बजे