गृहपृष्ठ पूर्वसांसद मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन
पूर्वसांसद मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन
समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षकसमेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो ।
उनको जम्न वि.सं. १९८७ असोजको फूलपातीका दिन तनहूँको बन्दिपुरमा भएको थियो ।
मैयादेवी श्रेष्ठको संक्षिप्त जीवनी
–विरगञ्जमा डिठ्ठा रहेका बुवा विरवहादुर श्रेष्ठको निधनपछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किइन् ।
(नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान, दार्जलिङ्ग देखि शिक्षक वोलाएर पठन पाठन सुरु गराइन् । अहिले यो स्कूलमा कक्षा १२ सम्मको पढाइ हुन्छ ।
–भरतपुरमा मैयादेवी कन्या कलेज स्थापनाका लागि करोडौँ रुपैयाँ खर्च । समुदायको व्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तरसम्मको पढाइ हुन्छ ।
–२०४८ सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद ।
–कांग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान ।
–चितवन कांग्रेसका लागि नारायणगढको मुटुमै भवन दान ।
–गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान ।
–नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान ।
–प्रजातन्त्रवादी पत्रकारहरुको सस्था प्रेस युनियन चितवनको भवन वनाउनका लागि पनि जग्गा दान ।
–पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश सन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई जग्गा दान ।
–बचेको सम्पत्ती उनकै नाममा ट्रष्ट वनाएर राखिने गरी दान ।
प्रकाशित समय : ०८:२८ बजे



















