global ime bank Long Banner Ad

गृहपृष्ठ नवौं राष्ट्रिय खेलकुदमा आर्मी पहिलो

नवौं राष्ट्रिय खेलकुदमा आर्मी पहिलो

नवौं राष्ट्रिय खेलकुदमा आर्मी पहिलो

विभागिय टीम त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । १ सय ७२ स्वर्ण पदकसहित आर्मीले उपाधी कब्जा गरेको हो ।

३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । आर्मीले थप १ सय ९ रजत र ८९ कास्य पदकसहित ३ सय ७० पदक जितेको हो । सातौं र आठौं संस्करणको उपाधि पनि आर्मीले नै जितेको हो ।

६५ स्वर्ण, ७३ रजत र ८१ कास्यसहित २ सय १८ पदक जितेको शसस्त्र प्रहरी बलको एपिएफ क्लव दोश्रो भएको छ । ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदकसहित १ सय ९५ पदक जितेर नेपाल पुलिस क्लव तेश्रो भएको छ ।

घरेलु मैदानमा गण्डकी प्रदेश चौंथो भयो । प्रदेशहरुमध्ये गण्डकी पहिलो बनेको छ । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित १ सय २० पदक जितेको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदकसहित १ सय ४५ पदक हात पारेर पाँचौं स्थानमा रह्यो ।

प्रदेश १ ले १० स्वर्णसहित ८३, सुदुरपश्चिमले १० स्वर्णसहित ६३, एनआरएनएले पनि १० स्वर्णसहित २६ पदक पाएको छ । लुम्विनी प्रदेशले ६ स्वर्णसहित ६८, मधेश प्रदेशले ५ स्वर्णसहित ३९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १८ पदक पाएको छ ।

सुरुमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भनिएकोमा प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २/२ स्वर्ण पदक र स्क्वास र सफ् टेनिसमा एक/एक स्वर्ण पदकको खेल स्थगित भएको थियो । ३६ खेलका ३ सय ९६ इभेण्ट मात्रै पूरा भएका छन् । खेलहरु गण्डकी प्रदेशका ८ जिल्लामा सञ्चालन गरिएको थियो ।

प्रकाशित समय : ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु