काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपाको महासचिवमा पुनः विप्लव चयन

7.77K
shares

कपिलवस्तुमा आयोजित नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् ।

महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीले जानकारी दिए ।

नवौं महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो ।

महाधिवेशनले ‘एकीकृत जनक्रान्तिको विचार’लाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य कार्यदिशालाई निरन्तरता दिएको छ । एकीकृत जनक्रान्ति नै नवीन कार्यदिशा भएको बताउँदै क्षेत्रीले त्यसलाई अहिले समृद्ध गर्ने काम भएको बताए ।