global ime bank Long Banner Ad

गृहपृष्ठ युक्रेनी भूभाग गाभ्ने रुसी प्रयासको नेपालद्वारा भर्त्सना

युक्रेनी भूभाग गाभ्ने रुसी प्रयासको नेपालद्वारा भर्त्सना

युक्रेनी भूभाग गाभ्ने रुसी प्रयासको नेपालद्वारा भर्त्सना

नेपालले युक्रेनको चार वटा क्षेत्रलाई आफ्नो भूभागमा गाभ्ने रुसी प्रयासको भर्त्सना गरेको छ । बुधबार राति संयुक्त राष्ट्रसंघको महासभामा युक्रेनी भूभाग रुसमा विलय गराउन गरिएको जनतमसंग्रहको भर्त्सना गर्ने प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो ।

सो प्रस्तावमा रुसले गरेको कुनै पनि विलयलाई मान्यता नदिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको छ र तत्काल ती भूभागहरु फिर्ता गर्न माग गरिएको छ । सो प्रस्तावमा जारी द्वन्द्व वार्ताको माध्यमबाट समाधान गर्ने प्रयासलाई दृढ समर्थन गर्ने रहने उल्लेख छ ।

नेपालसहित १ सय ४३ वटा राष्ट्रको प्रस्तावको पक्षमा मतदान गरेका छन् । भारत र चीनसहितका ३५ वटा देशले मतदान प्रतिक्रियामा सहभागी भएनन भने ५ वटा देशले विपक्षमा मत दिएका थिए । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले विपक्षमा मतदान गरेका थिए । प्रस्ताव प्रतिकात्मक भएपनि युक्रेनमाथि रुसले गरेको आक्रमणपछि त्यस सम्बन्धमा भएका मतदानमा सबैभन्दा बढी मत परेको हो ।

गत साता मस्कोमा आयोजित एक भव्य समारोहमा रुसले युक्रेनको चार वटा भूभाग लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन गाभिएको जनाएको थियो । रुसले सो क्षेत्रमा बस्दै आएका नागरिकहरुले गरेको जनमतसंग्रहपछि त्यस्तो निर्णय गरेको जनाउँदै आएको छ ।

राष्ट्र संघको ११ औं विशेष सत्रलाई लागि सम्बोधन गर्दै नेपालका स्थायी प्रतिनिधि अमृत राईले राष्ट्र संघको बडापत्रले स्थापना गरेको सिद्धान्तहरु सार्वभौमिकता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र अनाक्रमता उल्लंघन हुननसक्ने बताएका छन् ।

‘युक्रेनमा भएको हिंसात्मक घटना र द्वन्द्वले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि गम्भीर जोखिम सिर्जना गरेको छ । युक्रेनको सन्दर्भमा नेपालको धारणा स्पष्ट छ राष्ट्र संघको बडापत्रले सुनिश्चित गरेको सार्वभौमिकता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता, अनाक्रमता उल्लंघन हुनसक्दैन र सबै देशले त्यसलाई सधै सम्मान गर्नुपर्छ । त्यसमा कुनै यदि, तर लागू हुँदैनु राईले मतदान अघि भने ुराष्ट्रसंघीय बडापत्रले सबै सदस्यहरुले सबै अन्तर्राष्ट्रिय विवादको मामिलाहरु शान्तिपूर्ण माध्यमबाट र अन्तर्राष्ट्रिय शान्ति तथा न्यायलाई कुनै खतरामा नपर्ने तौरतरिकाबाट समाधान गर्नुपर्ने तोकिदिएको छ । ’

प्रकाशित समय : ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु