nmb bank

गृहपृष्ठ एनआईसीसीआईले नेपाल र इटालीबीच संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

एनआईसीसीआईले नेपाल र इटालीबीच संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

एनआईसीसीआईले नेपाल र इटालीबीच संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

नेपाल-इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) बीच गत सोमबार द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानीबारे छलफल भएको थियो । एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेतृत्व गरेका थिए ।

उक्त बैठकमा नेपाल र भारतका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुका, इटालीको लागि कोलकाताका महावाणिज्यदूत जियानलुका रुबागोटी, इटालीको लागि दिल्लीका महावाणिज्यदूत र इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेको उपस्थिति रहेको थियो । कार्यक्रममा एनआईसीसीआईका मानार्थ सदस्य राजेश काजी श्रेष्ठ विशेष अतिथि थिए ।

कार्यक्रममा इटालियन राजदूत भिन्सेन्जो डे लुकाले भने, ‘इटालियन दूतावासले इटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनको व्यापार मेला आयोजना गर्ने योजना बनाएको छ । हामीले इटालियन उत्पादनलाई नेपालमा प्रचार प्रवर्द्धन गर्न विभिन्न परियोजना आयोजना गर्ने र नेपाली उत्पादनलाई पनि इटालीमा प्रचार प्रवद्र्घन गर्ने योजना बनाएका छौँ ।’ उनले विभिन्न विकास क्षेत्रमा लगानी गर्ने चासो देखाउँदै नेपालका उद्यमी र व्यवसायहरु इटालीमा फस्टाउनका लागि सक्दो सहयोग गर्ने बताए ।

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले भने, ‘नेपाल–इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले सन् २०३० मा रोममा हुन गइरहेको ‘ग्रान्ड इन्टरनेशनल एक्स्पो’मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको छ ।’ उनका अनुसार जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदायहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता, आर्थिक र सामाजिक विकासको लागि डिजिटल कनेक्टिभिटी जस्ता कुराहरुबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रलाई समेट्ने लक्ष्य लिइएको छ ।

एनआईसीसीआईले आगामी मार्च २०२३ मा इटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्न प्याभिलियन राख्ने योजना बनाएको कार्यक्रममा जानकारी दिइयो ।

यो बैठकले नेपाललाई इटालीमा नेपालको व्यापार र पर्यटन प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको छ । यसका साथै इटालीले पनि नेपालमा व्यापार र पर्यटन प्रवर्द्धन गर्ने अवसर पाएको छ ।

प्रकाशित समय : १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु