nmb bank

गृहपृष्ठ प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी भएको शंकर पोखरेलको खुलासा

प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी भएको शंकर पोखरेलको खुलासा

प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी भएको शंकर पोखरेलको खुलासा

एमाले महासचिव शंकर पोखरेलले पार्टीका स्थायी कमिटी सदस्य प्रभु साह अराजनीतिक षडयन्त्रको नमुना भएको आरोप लगाएका छन् । रौतहट ३ मा पार्टीको उम्मेदवारको टिकट लगेर अन्तिममा आफू स्वतन्त्र उठेपछि प्रभु साह विवादमा आएका छन् ।

प्रभु साहको यो कार्यशैलीको एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाएका छन् । उनले साह पहिलेदेखि नै संदिग्ध गतिविधिमा रहेको सूचना आफूले पाएकोसमेत खुलासा गरेका छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त साहलाई हरियो सर्पको विशेषण नै दिएका छन् ।

प्रभु साहले मधेसमा एमाले र जसपाबीचको तालमेलप्रति आपत्ति जनाउँदै जसपाले उम्मेदवारी दिएका सबै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन् । उनले पार्टीले जसपालाई मधेस बुझाएको टिप्पणी गरेका छन् । तर, एमाले महासचिव पोखरेलले जसपासँगको तालमेलको सम्झौता बैठकमा प्रभु साह नै सहभागी भएको र सोही निर्णयअनुसार आफूले टिकट लगेर मनोनयनको दिन समय गुजारेर स्वतन्त्र उम्मेदवारी दिएको खुलासा गरेका छन् ।

पोखरेलले बुधबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै साह अराजनीतिक षडयन्त्रको नमुना भएको आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता वैठकमा सहभागी हुनु भो । उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा बस्नु भो । निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो । राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साठगाँठ नै हो ।

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु