गृहपृष्ठ थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, कति छ सक्रिय संक्रमितकाे संख्या ?
थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, कति छ सक्रिय संक्रमितकाे संख्या ?
नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साे अवधिमा देशभर ७४३ पीसीआर तथा ९८० एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ । बुधबार २२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ५९८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।
प्रकाशित समय : १७:४६ बजे



















