गृहपृष्ठ मञ्जुश्री फाइनान्सको शाखा कुमारीपाटीमा
मञ्जुश्री फाइनान्सको शाखा कुमारीपाटीमा
मञ्जुश्री फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा २७औं शाखा उद्घाटन गरेको छ । फाइनान्सका संस्थापक अध्यक्ष तथा नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदरप्रसाद गौतम र अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा एक शाखा कार्यालय गरेका हुन् ।
२०७९ साल भाद्र मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको फाइनान्सले ११.५२ अर्ब निक्षेप संकलन गरि १०.८८ अर्ब कर्जा परिचालन गरेको छ ।
यसका साथै फाइनान्सले विप्रेषण, मोवाइल बैकिंग र इन्टरनेट बैकिंग लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।
प्रकाशित समय : १०:४८ बजे


















