global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ भारतमा आईफोन १४ उत्पादन सुरु

भारतमा आईफोन १४ उत्पादन सुरु

भारतमा आईफोन १४ उत्पादन सुरु

अमेरिका-चीन व्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो ।

चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले महामारीका समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले आफ्नो नयाँ भर्सन विकेन्द्रित गरेको हो । एप्पलले केही साताअघि आईफोनको नयाँ भर्सन बजारमा ल्याएको थियो ।

नयाँ भर्सनमा महत्वपूर्ण सुरक्षा क्षमता रहेको एप्पलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु