global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ खेलाडी दुर्घटना न्यूनीकरण सचेतना

खेलाडी दुर्घटना न्यूनीकरण सचेतना

खेलाडी दुर्घटना न्यूनीकरण सचेतना

युवा तथा खेलकुद मन्त्रालयले खेलाडी दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरेको छ । खेलपूर्व, खेल खेलिरहेको समय र त्यसपछि खेलाडीमा हुन सक्ने दुर्घटना न्यूनीकरणबारे ४० जना खेलाडी र प्रशिक्षकलाई सचेतना प्रदान गरियो ।

मन्त्रालयले खेलाडीको मागअनुरूप पहिलो पटक यस्तो सचेतना कार्यक्रम सञ्चालन गरेको हो । दुर्घटना न्यूनीकरण सचेतनाका विषयमा पाठ्यक्रम निर्माण गरी आगामी दिनमा देशभर नै यस्ता कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयका सचिव डा दामोदर रेग्मीले बताए ।

सो अवसरमा विषयविज्ञ डा ज्ञानेन्द्रविक्रम शाह, डा गौरव ढकाल, डा पवनकुमार हमाललगायतले दुर्घटनाका सम्भावित क्षेत्र र त्यसबाट बच्ने उपायबारे प्रशिक्षण दिएका थिए ।

प्रकाशित समय : २२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु