nmb bank

गृहपृष्ठ काठमाडौं उपत्यकामा २८ सय ४० जना सवारी चालकमाथि कारबाही

काठमाडौं उपत्यकामा २८ सय ४० जना सवारी चालकमाथि कारबाही

काठमाडौं उपत्यकामा २८ सय ४० जना सवारी चालकमाथि कारबाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ८४० जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ८६ जना, रेड लाइटमा सवारी साधन चलाउने ६६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७५ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३६ जना सवारी चालक रहेका छन् ।

यस्तै २ हजार ३३५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु