global ime bank Long Banner Ad

गृहपृष्ठ दराज दसैँ धमाका घोषणा : ७० प्रतिशतसम्म मेगा डिल र बम्पर उपहारमा ‘एनआइयू एनक्युआई’ स्कुटर

दराज दसैँ धमाका घोषणा : ७० प्रतिशतसम्म मेगा डिल र बम्पर उपहारमा ‘एनआइयू एनक्युआई’ स्कुटर

दराज दसैँ धमाका घोषणा : ७० प्रतिशतसम्म मेगा डिल र बम्पर उपहारमा ‘एनआइयू एनक्युआई’ स्कुटर

आफ्नो पहिलो मेगा इभेन्ट दराज महोत्सव आयोजना गरेको केही दिनमै र आगामी दसैँ पर्वको लागि मञ्च तय गर्दै, नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक दशैं धमाका अभियानको घोषणा गरेको छ । यो अभियान भदौ २९ (१४ सेप्टेम्बर २०२२) बाट सुरु हुने भएको छ ।

गत वर्षको तुलनामा ठूलो र भव्य हुने कम्पनीले जनाएको छ। यस अभियानका मुख्य विशेषतामा ७० प्रतिशतसम्मको मेगा डिल, नि:शुल्क शिपिंग, २५०० सम्मको प्रीपेमेन्ट छुट, १०,००० सम्मको मेगा भाउचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा NIU NQI इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ।

कार्ड प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राहकले डेबिट कार्डमार्फत १५ प्रतिशत (अधिकतम २०००) र क्रेडिट कार्ड मार्फत २० प्रतिशत (अधिकतम २५००) सम्मको छुट पाउन सक्नेछन् । विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्नेछन् ।

साथै, एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकले क्रेडिट कार्डमार्फत ० प्रतिशत ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन् । यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशत (अधिकतम १०००) सम्मको अतिरिक्त छुट पनि पाउनेछन् ।

विगतमा जस्तै, दशैं धमाकाले धेरै लोकप्रिय खेल १ रुपैयाँको गेम पनि फिचर गर्दै छ जसमार्फत ग्राहकले निम्न मध्ये कुनै पनि पुरस्कारहरू मात्र १ रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्छन् । अमेज़ फिट जीटीएस मिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि एती एयरलाइन्सको वान वे टिकट र मोटो जी २२ सहभागी हुनको लागि, ग्राहकले अनलाइन प्रीपेमेन्टमार्फत १ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्दछ। एक पटक अफर समाप्त भएपछि सबै सहभागीलाई १ फिर्ता गरिने कमपनीले जनाएको छ ।

प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट उत्कृष्ट छुट

दराज दसैँ धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डबाट विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

अभियानका लागि डायमण्ड पार्टनर्समा रोहटो, गोल्डस्टार, एमआई र क्यूएनयू छन् भने प्लेटिनम पार्टनर्स साझेदारमा वाओ, आमय्रा फेशन हाउस, सिजी डिजीटल, फिलिप्स, एडिडास फ्याक्ट्री आउटलेट र कडेन्स नेपाल पर्दछन् । र अन्तमा, गोल्ड पार्टनरहरूमा जुआस, मामाअर्थ, अमेजफिट, मसाला बिड्स, कन्भर्स, न्यू ब्यालेन्स, लोट्टो स्पोर्ट्स नेपाल र वन प्लस समावेश छन्।

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु