global ime bank Long Banner Ad

गृहपृष्ठ विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

सर्लाही, झापा, कपिलवस्तु र कैलालीबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका-५ डेरा गरी बस्ने दिलिप साहको कोठाबाट ५ केजी गाँजासहित मलगंवा नगरपालिका-९ बस्ने ४९ वर्षीय वीरेन्द्र चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले लागूऔषध बोकी ल्याएको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने २८ वर्षीय मोहन राजबंशीलाई ५ ग्राम ३१० मिलिग्राम ब्राउनसुगरसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी, झापाको भद्रपुर नगरपालिका-५ मेचिपुल छेउबाट ३ ग्राम ६६० मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-२ बस्ने ३६ वर्षीय लोकराज राजबंशी र कन्काई नगरपालिका-८ बस्ने २५ वर्षीय अजय राजबंशी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ ह ४७३४ नम्बरको अटो टेम्पोलाई प्रहरीले जाँच गर्ने क्रममा टेम्पोको चाबी बक्समा लुकाई ल्याएको उक्त पदार्थ फेला पारी चालक लोकराज राजबंशी र टेम्पोमा सवार अजयलाई पक्राउ गरेको हो ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट करिब ४ ग्राम ८६० मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका-८ महावन बस्ने ३१ वर्षीय ईश्वर घर्ती र सोही नगरपालिका-१४ वोर्ड गाँउ बस्ने २० वर्षीय तुल्सीराम थारु रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको लु.७० प ४३९३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक डेरा गरी बस्ने बझाङ छविस पाथिभरा गाउँपालिका-४ घर भएका २४ वर्षीय बिशाल थापालाई ७ ग्राम २६० मिलिग्राम ब्राउनसुगरसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु