global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाई भेट

प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाई भेट

प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाई भेट

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी खुमलटार पुगेका छन् ।

प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान पुगेका राजदूत बेरीले प्रचण्डसँग बिदाई भेटवार्ता गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन् ।

‘अध्यक्ष प्रचण्ड र राजदूत बेरीबीच आज बिहान अध्यक्ष निवास खुमलटारमा बिदाई भेट भयो,’ मल्लले भने, ‘अध्यक्ष प्रचण्डले राजदूत बेरीको सफल कार्यकालको लागि हार्दिक बधाई दिनुको साथै नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।’

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु