global ime bank Long Banner Ad

गृहपृष्ठ ईभी नेपालको ‘लेभलिंगको सफर दसैँ तिहारमा डबल अफर’ स्किम सञ्चालनमा

ईभी नेपालको ‘लेभलिंगको सफर दसैँ तिहारमा डबल अफर’ स्किम सञ्चालनमा

ईभी नेपालको ‘लेभलिंगको सफर दसैँ तिहारमा डबल अफर’ स्किम सञ्चालनमा

ईभी नेपाल मोटर्स प्रालिले ‘लेभनिङको सफर दसैँ तिहारमा डबल अफर’ भन्ने स्किम सञ्चालनमा ल्याएको छ । कम्पनीले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दसैँ अफर ल्याएको हो ।

यस स्किममा घरमै बसेर एसएमएस EVNEPAL<space>1111 and send it to 35001 बाट १ लाखसम्म छुट पाउन सकिने छ भने शोरुम गएर शोरुमले दिएको कोडमा एसएमएस गरेर फेरि छुट पाउन सकिनेछ ।

यसमा २ पटक एसएमएसमार्फत डबल छुट पाउन सकिनेछ । जसमा ७ हजारदेखि ५ लाखसम्म छुट रकम म्यासेजमा आउने छ र म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ ।

यसका साथै नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ र कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज हुनेछ । यो स्कुटर जर्मन कम्पनीको Bosch को मोटर्स प्रयोग गरिएको स्कुटर हो । फुल चार्जमा राम्रो माइलेज दिने हुनाले ग्राहकको माग बढदो छ । लेभ्लिंग इलेक्ट्रिक स्कुटर चढेपछि खर्चको बचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्टसमा खर्च नहुने, वातावरण स्वच्छ हुने हुनाले कम्पनीले यो दसैँ स्किम लागू गरेको हो ।

यो योजना सुरू भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्डको रुपमा लेभ्लिंग स्कुटरलाई चिनिन्छ । कम्पनीका अनुसार हाल एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजारदेखि ५ लाख ५९ हजार रुपैयाँसम्म रहेको छ ।

प्रकाशित समय : १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु