global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ महाअभियोग सिफारिस समितिले बहालवाला न्यायाधीशलाई पनि बोलायो

महाअभियोग सिफारिस समितिले बहालवाला न्यायाधीशलाई पनि बोलायो

महाअभियोग सिफारिस समितिले बहालवाला न्यायाधीशलाई पनि बोलायो

महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कार्कीसहित सर्वोच्चका न्यायाधीशहरूसँग छलफल गर्ने भएको छ ।

समितिको बुधबार बसेको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको हो ।

कामु प्रधानन्यायाधीश दीपक कार्की तथा न्यायाधीशहरू हरिकृष्ण कार्की, आनन्दमणि भट्टराई, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र हरि फुँयाललाई समितिले बोलाएको हो ।

महाअभियोग लागेर निलम्बनमा परेका प्रधानन्यायाधीश जबराले बयानका क्रममा उनीहरूलाई पनि विभिन्न आरोप लगाएपछि समितिले त्यस विषयमा छलफल गर्ने भएको हो ।

अर्को बैठक बिहीबार बस्ने छ ।

प्रकाशित समय : १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु