global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ इस्टर्न हाइड्रोपावरको आइपीओ भर्ने मंगलबार अन्तिम दिन

इस्टर्न हाइड्रोपावरको आइपीओ भर्ने मंगलबार अन्तिम दिन

इस्टर्न हाइड्रोपावरको आइपीओ भर्ने मंगलबार अन्तिम दिन

इस्टर्न हाइड्रोपावरको आइपीओ भर्ने आज मंगलबार अन्तिम दिन रहेको छ ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले भदौ ७ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई १ सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यसले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस्तै, यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय : १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु