nmb bank

गृहपृष्ठ वाग्मतीमा बगाउन धापमा पानी संकलन

वाग्मतीमा बगाउन धापमा पानी संकलन

वाग्मतीमा बगाउन धापमा पानी संकलन

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ धापमा संकलन गरिएको पानी वाग्मती नदीमा बगाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

शिवपुरी राष्ट्रिय निकुञ्जमा बाँध बनाएर संकलन गरिएको पानी आगामी कात्तिकमा बगाउने गरी तयारी गरिएको वाग्मती सुधार आयोजना कार्यान्वयन सिंचाइ इकाइले जनाएको छ ।

वाग्मती नदीमा हिउँदयाममा पनि स्वच्छ पानी बगाउने उद्देश्यले धापमा २४ मिटर अग्लो बाँध बाँधेर वर्षको पानी संकलन गरिएको छ । धाप बाँधमा वार्षिक ८ लाख ५० हजार घनमिटर पानी संकलन गर्ने क्षमता छ ।

सिंचाइ इकाइका अनुसार अहिले ८ लाख घनमिटरभन्दा बढी पानी संकलन भइसकेको छ । ड्यामको ९८ प्रतिशत काम सकिएको छ । अब आगामी कात्तिक महिनादेखि परीक्षणको रुपमा पानी छाड्ने गरी तयारी गरिएको छ ।

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु