global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष पाण्डे

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष पाण्डे

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष पाण्डे

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौँ आइपुगेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गदै उनी केही बेरअघि काठमाडौँ आइपुगेका हुन् ।

भ्रमणका दौरान भारतीय सेनाध्यक्ष पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने छन् ।

उनले प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रमलगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा रक्षा मन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने छन् ।

भ्रमणको बेला परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने छिन् ।

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु