गृहपृष्ठ थप १४२ जनामा कोरोना, २३० जना संक्रमणमुक्त
थप १४२ जनामा कोरोना, २३० जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४५० जनाको परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हाे । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ५२८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २३० जना संक्रमणमुक्त भएका छन् । यसमध्ये २ हजार ३८५ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३८ जना आइसीयूमा छन् । यस्तै ४ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस अवधिमा काेराेनाका कारण नेपालका कसैकाे पनि ज्यान गएकाे छैन ।
प्रकाशित समय : १६:४४ बजे



















