गृहपृष्ठ पहिलो जित निकाल्दै श्रीलंका एसिया कपको सुपर-४ मा
पहिलो जित निकाल्दै श्रीलंका एसिया कपको सुपर-४ मा
श्रीलंकाले एसिया कप सुपर-४ को पहिलो खेलमा शनिबार अफगानिस्तानलाई चार विकेटले पराजित गरेको छ ।
जितका लागि १ सय ७६ रनको लक्ष्य पाएको श्रीलंकाले पाँच बलको खेल बाँकी छँदै जित हासिल गरेको थियो ।
उसका लागि ३६ रन बनाएका मेन्डिस र ३५ रन बनाएका पथुमा निसान्काले ६२ रनको ठोस सुरुआत दिलाए । अफगान बलरले श्रीलंकाली मध्यक्रमलाई दबाबमा राखे पनि राजापाक्षेले १४ बलमा ३१ रन बनाए । वानिन्दु हसरन्गाले १६ रन बनाएर श्रीलंकालाई जितसम्म डोहोर्याए ।
त्यसअघि राहमनुल्लाहश गुरबाजको ८४ रनको मद्दतले अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । उनले दोस्रो विकेटका लागि ४० रन बनाएका इब्राहिम जारडनसँग ९३ रनको साझेदारी गरे । तर श्रीलंकाली बलर इनिङ्सको अन्त्यतिर घातक सावित भए ।
प्रकाशित समय : ०७:१० बजे



















