nmb bank

गृहपृष्ठ कोका-कोला जिरो सुगर ‘आरजीबी’मा

कोका-कोला जिरो सुगर ‘आरजीबी’मा

कोका-कोला जिरो सुगर ‘आरजीबी’मा

कोका-कोला नेपालले कोका-कोला जिरो सुगर रिटर्नेबल ग्लास बोतल (आरजीबी)मा बजारमा ल्याएको छ ।

जिरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका-कोलाको स्वादको रिफ्रेसमेन्ट चाहने उपभोक्ताहरूलाई लक्षित गरेर नयाँँ प्याक ल्याएको कोका-कोलाले जनाएको छ ।

पुनः प्रयोग गर्न मिल्ने भएकोले यी आरजीबी वातावरणमैत्री रहेकाे बताइएकाे छ । यो काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरूमा ४० रुपैयाँ २५० मिलिलिटरको ग्लास बोतलमा उपलब्ध छ ।

कोका-कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले जिरो क्यालोरीमा कोका-कोलाकै ओरिजिनल रिफ्रेसमेन्ट चाहने उपभोक्ताहरूको लागि यो अत्यन्तै उपयुक्त रोजाइ हुने बताए ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु