गृहपृष्ठ तीजले समाजमा विद्यमान असमानताहरुको अन्त्य गर्छ : प्रधानमन्त्री देउवा
तीजले समाजमा विद्यमान असमानताहरुको अन्त्य गर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन् ।
साथै उनले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
हिन्दू धर्मावलम्वी नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वको अवसरमा एक शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास लिएका छन् ।
प्रकाशित समय : ०९:०१ बजे



















