global ime bank Long Banner Ad

गृहपृष्ठ अल्मुताइरीको गल्तीले एन्फालाई ६ हजार डलर जरिवाना

अल्मुताइरीको गल्तीले एन्फालाई ६ हजार डलर जरिवाना

अल्मुताइरीको गल्तीले एन्फालाई ६ हजार डलर जरिवाना

गत जेठमा कुवेतमा भएको एसियन कप २०२३ छनोट (तेस्रो चरण) मा नेपाली राष्ट्रिय फुटबल टिम सम्हालेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सुरुका दुई खेलमा पहेँलो कार्ड पाएकाले इन्डोनेसियाविरुद्धको अन्तिम खेलमा निलम्बनमा परेका थिए । तर, उनी निलम्बित भएको उक्त खेलमा ‘ड्रेसिङ रुम’ र मैदानमै पुगेका थिए । त्यसको चर्को मूल्य अखिल नेपाल फुटबल संघ (एन्फा)ले चुकाउनुपर्ने भएको छ ।

त्यही घटनालाई लिएर एसियाली फुटबल महासंघ (एएफसी)को अनुशासन तथा नैतिक समितिले एन्फालाई ६ हजार अमेरिकी डलर जरिबाना गर्ने निर्णय गरेको सोमबार सार्वजनिक गरेको छ ।

अल्मुताइरीको नाम उल्लेख नगरे पनि एएफसीले ‘एक अनधिकृत व्यक्ति उनलाई मान्यता नदिइएको एक्रिडिटेसन कार्डसहित खेलअघि टिमको ड्रेसिङ रुम र खेलपछि मैदानमा प्रवेश गरी प्रतियोगिताको नियमावली उल्लंघन गरेको’ भन्दै एन्फालाई जरिवाना गर्ने निर्णय गरेको हो । एन्फाले १ हजार ५ सय डलर ९० दिनभित्र तिर्नुपर्नेछ ।

उक्त खेलमै एएफसीले ‘पहिलो हाफ ढिला सुरु गराएको’ भन्दै एन्फालाई थप १ हजार डलर जरिवाना गराउने निर्णय पनि गर्‍यो । त्यसैले एन्फा नेपालको एउटै खेलमा ७ हजार डलर जरिवानामा परेको छ ।

प्रकाशित समय : ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु