गृहपृष्ठ खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन
खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन
खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ४ करोडको प्रतिसेयर १ सय रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ जारी गरेको हो ।
यस्तै, आइपीओमा ११ लाख ८४ हजारभन्दा बढीले आवेदन दिएका छन् । सिडिएस क्लियरिङका अनुसार शुक्रवार दिउँसो साढे १ बजे सम्ममा ११ लाख ८४ हजार ६२६ जना आवेदकले १ करोड ३२ लाख ४६ हजार ५८० सय कित्ताका लागि आवेदन दिएका थिए ।
आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त आइपीओमा आवेदकले मेरो सेयरको वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।
प्रकाशित समय : १०:५१ बजे




















