गृहपृष्ठ भिजिट भिसामा खाडी जाँदै गरेका २ सय जना विमानस्थलबाट फर्काइए

भिजिट भिसामा खाडी जाँदै गरेका २ सय जना विमानस्थलबाट फर्काइए

भिजिट भिसामा खाडी जाँदै गरेका २ सय जना विमानस्थलबाट फर्काइए

नक्कली कागजातका आधारमा भिजिट भिसाका लागि खाडी मुलुक जाने प्रयास गरेको आशंकामा झण्डै २ सय जनालाई विमानस्थलबाट फर्काएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बुधबारदेखि शनिबारसम्म चलाएको अपरेशनका क्रममा १९७ जनालाई विमानस्थलबाट फर्काइएको हो ।

कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीका अनुसार विभिन्न एयरलाइन्समार्फत भिजिट भिसामा जान लागेका व्यक्तिहरु शंकास्पद लागेपछि सोधपुछ गरिएकोे थियो । त्यसक्रममा विस्तृत अनुसन्धान आवश्यक देखिएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलमा बुझाइएको ज्ञवालीले बताए ।

उनीहरुलाई विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा हवाई अनुमतिका लागि आवश्यक कागजातहरु शंकास्पद देखिएको थियो । यसरी विमानस्थलबाट फर्काइएका मध्ये १०३ जना महिला र ९४ जना पुरुष छन् ।

भिजिट भिसामा खाडी मुलुक गएका नागरिकहरु अलपत्र पर्न थालेपछि गृह मन्त्रालयका सह-सचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा कार्यदल बनाएर जाँचबुझ गरेको थियो । त्यसको सिफारिस अनुसार भिजिट भिसा सम्बन्धी मापदण्डलाई कडाइ गर्दै भिजिट भिसामा पठाउन सक्रिय व्यक्ति तथा संस्थाहरुको गतिविधिलाई निगरानीमा राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित समय : ०८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु