गृहपृष्ठ बर्नमाउथलाई लिभरपुलको ९ गोल, हालान्डको ह्याट्रिक
बर्नमाउथलाई लिभरपुलको ९ गोल, हालान्डको ह्याट्रिक
लिभरपुलले शनिबार बर्नमाउथलाई ९–० ले हराएर प्रिमियर लिगमा सबैभन्दा फराकिलो जितको कीर्तिमान बराबरी गरेको छ । एनफिल्डमा प्राप्त जित सिजनको चौथो खेलमा आइपुग्दा लिभरपुलले पाएको पहिलो सफलता हो ।
रोबर्टो फिर्मिनो र लुइस डियाजले दुई–दुई गोल गरे भने हार्भे इलियट, ट्रेन्ट अलेक्जान्डर–आर्नोल्ड, भर्जिल भान डाइक, फाबियो कार्भाल्होले एक–एक गोल गरे । बर्नमाउथका क्रिस मेफामले आफ्नै पोस्टमा एक गोल गर्न पुगे ।
लिभरपुलको जितले म्यानचेस्टर युनाइटेडको सन् १९९५ को कीर्तिमान बराबरी गरेको हो । त्यतिबेला युनाइटेडले इप्सविचलाई ९–० ले हराएको थियो । युनाइटेडले गत वर्ष उही अन्तरमा साउथह्याम्पटनलाई पनि हराएको थियो । साउथह्याम्पटनमाथि नै लेस्टर सिटीले २०१९ मा ९–० को जित निकालेको थियो ।
प्रकाशित समय : ०७:०५ बजे


















